निजगढ,ट्राफिक व्यवस्थापनको लागि जिल्ला ट्राफिक कार्यालय बारा निजगढले संचालन गरेको विशेष अभियान शनिवार पनि जारी राखेको छ । प्रहरीले शनिवार ट्राफिक नियम विपरित चलाइएका ३९ वटा सवारी साधनहरूलाई कारबाही गरेर सवारी साधनका चालकहरुबाट जरिवानाबापत ४४ हजार राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । सोही अभियानअन्तर्गत ट्राफिक व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रमहरू समेत संचालन गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी शुक्रवार पनि ट्राफिक प्रहरीले १ सय २० वटा सवारी साधन कारबाहीमा गरेको थियो । ति सवारी साधनबाट ट्राफिक प्रहरीले जरिवाना बापत १ लाख २० हजार ६ सय रुपैया राजस्व संकलन गरेको थियो ।यसक्रममा ३ वटा भारतीय नम्बर प्लेटका सवारीसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले केही दिनदेखि जिल्लाका विभिन्न स्थानमा चेक जाँच अभियान संचालन गर्दैआएको छ ।



















