चुनाव आउदैछ । अबको करिब दुई हप्तामा नेपालमा गणतन्त्र स्थापनापछि दोश्रो पटक स्थानीय निकायको चुनाव हुदैछ । सबैलाई थाहा छ, स्थानीय तहको चुनाव भनेको स्थानीय नेता कार्यकर्ताहरुलाई नै समावेश गर्ने हो तर स्थानीय तहको चुनावमा विकृतिलाई हाबी बनाइदैछ । विकृति र विसंगतिलाई भित्राउने खेल हुदैछ ।

चुनावमा आम मतदाताले घोषणा पत्र हेर्ने हो, उम्मेदवारको छवी हेर्ने हो न कि कसले कति पैसा दियो वा दिन्छ भनेर आश गर्ने होइन । अझै तराई मधेशको सवालमा त कसले दारु र मासु बढी खुवाउछ सक्छ त्यो नै राम्रो उम्मेदवार भन्ने भ्रम पनि देखिन्छ । त्यसैले पनि मधेशको क्षेत्रमा कतिपय स्थानीय तहरुको विकास हुन सकेको छैन ।

त्यसैले अब राजनीतिक दलहरुले जारी गरेको घोषणा पत्रको आधारमा मतादाताहरुले मत दिने हो । घोषणा पत्र कार्यान्वयन नगर्ने दल वा उम्मेदवारलाई आगामी चुनावमा बहिष्कार गर्ने हिम्मत पनि राख्न जरुरी छ । त्यसैले पनि चुनावमा घोषणा पत्रको ख्याल गर्न जरुरी छ र यसैको आधारमा मत हाल्ने सोच बनाउनु पर्दछ ।

 

Leave a Reply