गौर, गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिवार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरले रक्तदान गरी कार्यक्रमको सुरुवात गर्नुभको छ । त्यस्तै ईमरजेन्जी फाँट प्रमुख राजेश कुमार सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए ।

अस्पतालमा उपचार गराउन आउने बिरामीको विभिन्न किसिमको शल्यक्रिया गर्न रगतको अभावमा ढिलाई हुने तथा शारीरिक सङ्कट उत्पन्न भएकाले अस्पतालले आफैले रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । रगतको आवश्यकता भएको बेला बिरामी तथा उनका आफन्तलाई बाहिर जान नपर्ने र तत्काल रगत उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. ठाकुरले बताउनुभयो ।

केन्द्रलाई नियमित सञ्चालन गर्नका लागि रगत लिन आउनेले रक्त दिए मात्र दीर्घकालीन रुपमा सञ्चालित रहने डा. ठाकुरले जानकारी दिनुहुँदै उहाँले केन्द्रबाट रगत मात्र लिने र रगत नदिए समस्या हुन तथा सञ्चालनमा कठिनाइ उत्पन्न हुने भएकाले रगत लिन आउनेले रगत दिन आग्रह गर्नुभयो ।गौर प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हासमीले मधेश प्रदेश सरकार, स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयबाट रक्त सञ्चार केन्दलाई आवश्यक उपकरण उपलब्ध गराएको तथा गत माघ २७ गते उद्घाटनको थियो ।

Leave a Reply