दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,बिवाइसी महोत्तरी नमुना जनउत्थान क्लब सिन्धुलीलाई हराउदै कोल्हबी नगरपालिकामा जारी चेरवन्त गोल्ड कप पहिलो संस्करण २०७९ को फाइनलमा प्रवेश गरेको छ ।कोल्हबी नगरपालिका वडा नम्बर ११ मा रहेको रामपुर्वा खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा बिवाईसी महोत्तरीले नमुना जनउत्थान युवा क्लब सिन्धुलीलाई टाइब्रेकरमा हराउदै अन्तिम दुईमा स्थान बनाएको हो ।निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा नमुना जनउत्थान युवा क्लब सिन्धुलीलाई ३ गोलको विरूद्ध महोत्तरीले ५ गोलले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच बिवाईसी महोत्तरीका ऋतिक श्रेष्ठ हुनुभएको छ ।फाइनल प्रवेशको लागि बिहीवार कठार युवा क्लब चितवन र आयोजक क्लब मानसीबाबा युवा क्लब रामपुर्वाबीच बिहीवार दोस्रो सेमिफाइनल खेल हुने आयोजक क्लबका सल्लाहकार द्वारिका चौधरीले जानकारी दिनुभएको छ ।मानसी बाबा युवा क्लब रामपुर्वाको आयोजना र कोल्हबी नगरपालिकाको सहयोगमा फुटबल प्रतियोगिता संचालन भएको आयोजक क्लबका अध्यक्ष निरञ्जन चौधरीले बताउनुभयो ।

Leave a Reply