वीरगञ्ज,पर्सा प्रहरीले वीरगञ्जस्थित पम्पम बिलडिङको गोदाममा गरेको छापामारीबाट ठूलो परिमाणमा तस्करीका कपडा बरामद गरेको छ ।भारतबाट भन्सार छली ल्याइ भण्डारण गर्ने गोदाममा प्रहरीले छापामारी गरेको हो ।वीरगञ्जको महाविरस्थान नजिकै पम्पम बिलडिङ्मा तस्करीका कपडा भण्डार गरिएको गोदाममा छापामारी गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गर्नुभयो ।उहाँका अनुसार विशेष सूचनाको आधारमा छापामारी गरी पम्पम बिलिडङका विभिन्न गोदाममा भण्डार गरिएका करोडौं मूल्य बराबरको कपडा बरामद भएको हो ।पम्पम बिलडिङको भवनमा रहेको विभिन्न गोदामबाट सुट, पाइन्ट, कुर्ता, सुरुवाल, साडीसहितका धेरै परिमाणमा थानका कपडा बरामद भएको हो । विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा सोही गोदाममा भण्डारण गर्ने गरेको प्रहरीको प्रारम्भिक सोधबिनमा पाइएको छ ।

Leave a Reply