कलैया,बाराको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेला व्यवस्थापन गर्न मेला सञ्चालन समिति गठन गरिएको छ ।
आगामी मङ्सिरमा लाग्ने मेलालाई भव्य रुपले सम्पन्न गराउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय मेला संचालन समिति गठन गरिएको हो । मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो रहेका छन् ।
यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवी लहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् ।मूल समितिको सदस्यमा बाराका १६ वटै पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष र जिल्लामा क्रियाशील सबै राजनीतिक दलका एक एक जना प्रतिनिधिहरु रहेका छन् ।