नेपाली काँग्रेस यो मुलुकको पुरानो पार्टी हो । कुनै बेला ठूलो पनि थियो तर अहिले सरकारको नेतृत्वमा भएपनि ठूलो चैं छैन । कम्यूनिष्टहरुको टकरावको गतिलो फाइदा उठाउदै नेपाली काँग्रेस अहिले सरकारको नेतृत्वमा पुगेको हो । जे भएपनि काँग्रेसलाई फाइदा नै फाइदा भएको छ । अरु हिसावले फाइदा भएपनि काँग्रेस आफ्नै कारणले भने अप्ठेरोमा पर्ने संभावना बढेको छ ।

काँग्रेसको महाधिवेशन नजिकदै छ । भदौमा गर्ने भनिएको महाधिवेशनका सवालमा नेपाली काँग्रेस भित्र समस्या नै बढी देखिएको छ । आन्तरिक रडाँकोका कारण नेपाली काँग्रेस अहिले पनि मारमा परेको छ । काँग्रेसको यो कहलले बिगतमा पनि ठूलो क्षति ब्यहोरेको हो यद्यपि अहिले भने काँग्रेस महाधिवेशनका कारण विवादमा परेको छ ।

नियम र बिद्यान अनुसार काँग्रेसले भदौमा महाधिवेशन गर्नु पर्नेछ तर व्यवहार हेर्दा समयमा निर्वाचन भइ नेपाली काँग्रेसमा नयाँ नेतृत्व आउने संभावना पनि देखिदैन । वर्तमान सभापती प्रधानमंत्रीको कुर्सीमा बसिरहेका छन् । यो भनेको उनीसंग पद र पावर पनि छ । त्यसैले पनि काँग्रेसभित्रको रडाँको तत्काल अन्त्यको संभावना कम छ । तर सत्ताधारी पार्टीमा विवाद हुनु नेपाल र नेपाली जनताको लागि सुखद अवश्य नै होइन । यसको तत्काल अन्त्य हुन आवश्यक छ ।

 

Leave a Reply