कलैया,जिल्लाको सुवर्ण गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।
सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादवले वैदिक विधिअनुसार उक्त प्रशासनिक भवनको उद्धाघटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले अब यो भवन निर्माणसगै सम्पूर्ण गाउँबासीका लागि सेवा लिन सहज भएको बताउनुभयो । उहाँले सुविधा सम्पन्न कार्यालय भवनको उद्धाटनपछि कर्मचारीहरुलाई कामकाज गर्न सहज हुने पनि बताउनुभयो । गाउँपालिका भवनको अभावमा जनतालाई कामकाजमा सार्है अप्ठारो परेको र अब यो भवन निर्माणपछि जनताको काम सहज हिसाबले हुने उहाँको भनाई थियो ।उक्त भवन उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादव, सुवर्ण गाउँपालिकाका उपाध्यक्ष पुनमदेवी यादव, पालिकाका सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियोे ।

Leave a Reply