सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाउनुभएको छ ।उपमहानगरका नगरप्रमुख राजन पौडेल बिदेश भ्रमणमा गएकाले नगर उपप्रमुख अधिकारीलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिइएको हो । जीतपुरसिमरा उपमहानगर पालिकाको नगरप्रमुख राजन पौडेल छिमेकी राष्ट्र चीन भ्रमणमा जानुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य समेत रहनुभएका नगरप्रमुख पौडेल चिनियाँ कम्यूनिष्ट पार्टीको विदेश विभागको निम्तोमा चीन भ्रमणमा जानुभएको हो । माओवादी महासचिव देव गुरुङको नेतृत्वमा माओवादी नेताहरु चीन भ्रमणमा गएका हुन् । मेयर पौडेलसहितको टोली बिहीवार मन्ह १२ः३० बजेको एअर चाइनाको उडानमा चीन उडेका हुन् ।
भ्रमण खर्च चिनियाँ कम्यूनिष्ट पार्टीले व्यहोर्ने जनाइएको छ । टोलीले बैशाख १५ गतेसम्म चीनमा रहेर बेइजिङ, माओको जन्मथलो हुनान, क्वेइचौ, खुन्मिङको भ्रमण गर्नेछ ।टोली बैशाख १५ गतेसम्म चीनमा रहेर बेइजिङ, माओको जन्मथलो हुनान, क्वेइचौ, खुन्मिङको भ्रमण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here