एक दशक अगाडिसम्म बारा र पर्साका उद्योगीहरुको माग भनेको बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापना होस् भन्ने थियो । एकीकृत रुपमा उद्योग संचालन गर्ने वातावरण सृजना होस् र सिमरामा रहेको सेज निर्माणले गति लिओस् भन्ने पनि थियो । सरकारले अबैंको लगानीमा सेज निर्माण गरिदिएको भएपनि यसको प्रयोग भने लगभग सुन्य नै देखिएको छ ।बाराको सिमरामा बनाइएको अबैं मुल्यका सेजका संरचनाहरु आज बेवारिसे जस्तै भएका छन् । यो विषयमा नेपालको निजी क्षेत्रको पनि जवाफ आवश्यक देखिन्छ ।

कुनै बेला सेजको माग गरिरहेका उद्योगीहरु अहिले सेज बनेपछि किन मुकदर्शक बने भन्ने प्रश्न महत्वपुर्ण छ । हुन त अहिले लगानीको उचित वातावरण नहोला तैपनि बनेका संरचनाहरुको सदुपयोग भने हुन आवश्यक छ । यस्ता अर्बौको सामानहरु यसरी जीर्ण अथवा अलपत्र अवस्थामा रहनु भनेको बिडम्बनाको कुरा हो । राज्यले पनि यसको उचित सदुपयोगका लागि अझै के गर्न सकिन्छ भनेर थप नीति बनाउन आवश्यक छ ।

उद्योगी, व्यवसायीहरुका लागि भनेर तयार पारिएको संचरनामा उद्योग, व्यवसायीहरुले नै लगानी गर्ने वातावरण बनाइ दिनुपर्दछ । सेजका संरचनाहरुको सदुपयोग हुनु भनेको पनि सरकारलाई पनि फाइदा हो । बनाएर यत्तिकै यत्रा संरचनाहरु बेवारिसे अवस्थामा राख्न हुन्न । कुनै पनि अवस्थामा सेजका संरचनाहरु सदुपयोग हुनुपर्दछ र यसको वातावरण राज्यले बनाइदिनु पर्दछ अनि उद्योगी व्यवसायीहरु पनि लगानी गर्न तम्तयार हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here