हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशको स्थापना भएसंगै यसको अभ्यास सुरु भएको वताउनुभएको छ । बागमती प्रदेशसभाको आज दास्रो बार्षिक दिवसका अवसरमा बोल्दै उहाँले संविधानमा भएका कानून कार्यान्वयन चरणमा रहेको वताउनुभयो । अहिले नयाँ युगमा प्रवेश गरेको वताउँदै प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको उत्तर उत्तर प्रगतीको कामना समेत गर्नुभयो ।

 

 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ उत्साहका साथ अर्को वर्षका लागि वजेट वनाउने तयारीमा जुटेको वताउनुभएको छ । अहिले प्रदेशका मन्त्रालय, संसद सचिवालय र संसदको आवासका लागि जग्गाको खोजी भइरहेको वताउनुभयो । प्रदेशसभा सञ्चालनका लागि दुईवर्षका लागि फ्रिफ्याकको अस्थायी भवन वनाउन लागिएको उहाँले वताउनुभयो ।

 

हेटौंडा(काठमाण्डौ छोटो दुरीको मार्गमा सुरुङमार्ग निर्माण गर्ने काममा लागिएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । आउँदो चैत महिना भित्रमा सुरुङमार्गको टेडण्डर निकाल्ने काम हुने उहाँले वताउनुभयो । सुरुङमार्ग निर्माणको काम पहिलो प्राथमिकतामा परेको उहाँको भनाई छ । सडक फराकिलो वनाउने स्थानमा फराकिलो पनि वनाउने र सुरुङ पनि वनाउने उहाँले वताउनुभयो ।

 

कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दुईवर्षको अवधिमा प्रदेशसभाबाट ४५ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण समेत भएको वताउनुभयो ।

 

कार्यक्रममा प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इनद्रबहादुर बानियाँले प्रदेशको राजधानी आउने बटो छिटो र छरितो रुपमा निर्माण गरिनुपर्ने वताउनुभयो । दुईतिहाइको प्रदेश सरकारले वजेट प्रर्याप्त छुट्याएर काम गर्न पनि सुझाव दिनुभयो । प्रदेशसभामा नियमित सहभागि हुने महिला सांसदहरुलाई आज सम्मानित गरिएको छ । कार्यक्रममा प्रदेशसभाका सांसदहरु, मकवानपुरका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विभीन्न मन्त्रालय र कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

Leave a Reply