प्रहरी भनेको समाजमा शान्ति स्थापना गर्ने संगठन हो । शान्ति सुरक्षा र अमनचयन कायम गर्न नागरिकहरुले प्रहरीको विश्वास नगरेर कसको विश्वास गर्ने ? राज्यको निकाय भनेकै प्रहरी भएकाले पनि यो संगठनको विश्वास गर्नुको विकल्प हुने कुरा पनि भएन ।प्रहरी संगठन नै खराब हुने कुरा पनि होइन तर यस संगठनभित्र रहेका केही ब्यक्तिहरुका कारणले भने यो संगठन बद्नाम भइरहेको पनि देखिन्छ ।

रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुर प्रहरी चौकीका इन्चार्ज नै काठ तस्करीमा संलग्न रहेको कुरा बाहिर आएको छ । स्थानीय जनप्रतिनिधिहरुले समेत प्र्रहरी चौकीका इन्चार्जको काठ तस्करीमा संलग्नता रहेको कुरा बताएपछि उनको संलग्नता पुष्टी भएको हो ।यद्यपि अझै सत्य तथ्य कुरा त बाहिर आउन बाँकी नै होला तर प्रहरीको संलग्नताका विषयमा भने अब धेरै खोतल्न आवश्यक देखिएन । प्रहरी चौकीका इन्चार्जको हैसियतले उनले पदको दुरुपयोग गरेको देखिन्छ । वन समितिमा बढी भएको काठ समेत उनले आफ्नो घरमा प्रयोग गरेको पाइएको छ ।

प्रहरी चौकीमा प्रयोग गर्ने विषयमा त अनुमति आवश्यक पर्नेमा घरमा उनले प्रयोग गर्नु भनेको त कारबाहीका लागि उनी भागीदार भएको कुरा स्पष्ट हुन्छ ।उनलाई कसले कसरी कस्तो कारबाही गर्ला त्यसका लागि त समय कुर्न नै पर्ला तैपनि नेपालमा यस्तो विषयमा संलग्न व्यक्तिहरुले उन्मुक्ति पाउदै आइरहेका छन् । सामान्यभन्दा बाहेक कारबाही हुने कुरा त भएन तर पनि काठमा जथाभावी गर्ने सुरक्षाको जिम्मेवारी लिएका यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही हुन आवश्यक छ । त्यसो भयो भने फेरि अर्कोले यस्तो गल्ती गर्ने हिम्मत नगर्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here