रामकिशोर चौधरी
सखुवाप्रसौनी , १३ पुष । पर्र्साको पर्सागढीमा एक जनालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा नाम परिवर्तित एक ३४ वर्षियले दिएको जाहेरीको आधारमा चलेको मुद्दामा फरार रहेका देवनरायण महरा चमारलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय एकटाङ्गा तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चमारलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । चमारलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि प्रक्रिया अगाडी बढाएको बुझिएको हो ।



















