कलैया,बारामा चालु–आर्थिक वर्ष ०८०-८१ को वैशाख ४ गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ९ सय ८१ वटा मुद्दा मिलापत्र भएको छ ।मिलापत्र भएको मुद्दामध्ये अनुचित लेनदेनका क्रममा ऋणीसँग साहु, महाजनले गराएको ८९ वटा कित्ताको २५ बिगाहा १३ कट्ठा ७ घुर जग्गा फिर्ताको भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी १९ करोड ३३ लाख १९ हजार ४७९ रुपियाँ ऋणी र साहुको लेनदेन गरी मिलापत्र भएको छ । उजुरीमा ३२ करोड ३ लाख ६२ हजार ८०७ रुपियाँ माग भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले २०८० वैशाख १७ गते देखी सार्वजनिक सूचना जारी गरी अनुचित मिटर ब्याजी कारोबार सम्बन्धी ७७ वटै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन आव्हान गरेपछि सो म्यादभित्र बारा जिल्लामा तीन हजार ३ सय २२ उजुरी दर्ता भएको थियो ।यसरी दर्ता भएको उजुरीमाथि समस्या समाधान गर्न दुवै पक्षका कुरा सुनुवाइ गरी सत्य तथ्य बुझेर सहजीकरण गर्दा पीडक र पीडित पक्षले मुद्दामा मिलापत्र एवम् सहमति गरेको डिएसपी न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here