वीरगञ्ज ,मधेश प्रदेशको प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेका छन् । कांग्रेस र जनमत पार्टीका प्रदेश सभा सदस्यहरुले वेलअगाडि नाराबाजी गरेर बैठकमा अवरोध गरेका हुन् ।कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको र सप्तरी घटनाको छानबिन गर्न मुख्यमन्त्री सरोजकुमार यादव तयार नभएको भन्दै कांग्रेस र जनमतले आपत्ती जनाएका हुन ।

सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालय शिलान्यासका क्रममा तत्कालीन शिक्षामन्त्री जनमत पार्टीका महेश यादवमाथि कुटपिट भएको घटना छानबिन गर्न मुख्यमन्त्री तयार नभएको प्रदेश सांसदहरुले आरोप लगाएका छन् ।
दुवै दलले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । बैठक स्थगित भएसँगै सभामुख मण्डल सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको थियो ।मुख्यमन्त्री यादवले प्रदेससभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । सरकारमा सहभागी कांग्रेस ९ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।मुख्यमन्त्री नियुक्त भएयता एकै कार्यकालमा उहाँले चाथौंपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

Leave a Reply