कलैया,बाराको महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि अनुपस्थित हुँदा कार्यालयको सेवा प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकामा विकास निर्माणका काम ठप्प भएको हो ।तत्कालिन प्रमुख प्रशासकीयय अधिकृत महमद शेरे मुस्तुफाको गत फागुन ८ गते मन्त्रालयले सरुवा गरेपछि महागढीमाई नगरपालिका प्रमुख प्रशासकीयय अधिकृत विहिन अवस्थामा संचालन हुदै आएको छ ।मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको तत्काल व्यवस्था नगरे मन्त्रालय विरुद्ध नगरपालिकाको प्रशासनिक कामकाज समेत ठप्प पार्ने नगर प्रमुख उपेन्द्रप्रसाद यादवले चेतावनी समेत दिनुभएको छ । नगरपालिकाको कार्यालय, मातहतमा रहेका वडा कार्यालय, हेल्थपोष्टहरु समेत शुक्रबारदेखि ठप्प पार्ने र यसको जवाफदेहिता संघीय मामिला तथा प्रशासन मन्त्रालय नै हुने नगर प्रमुख यादवले बताउनुभयो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाँंदा विकास निर्माणको काम काज ठप्प हुनुको साथै नगरपालिकाका कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् । नगर प्रमुख यादवले विकास निर्माणको कामसंगै आपतकालिन वारुण यन्त्र र एम्बुलेन्समा तेल हालेर संचालन गर्नसमेत समस्या भएको बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चांडै नै अधिकृत पठाईदिने आश्वासन दिंएको थियो । तर अधिकृत सरुवा भएको लामो समयसम्म मन्त्रालयले नपठाएको नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले बताउनुभयो ।मन्त्रालयले दिएको आश्वासन पूरा भएको एक हप्ता बितेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र मन्त्रालयका सचिव कृष्णहरी पुष्करसंग पटकपटक भेटघाट गरी अधिकृत पठाउन आग्रह गर्दै आएको भएपनि अहिलेसम्म अधिकृत नपठाएपछि नगरपालिकाको काममा समस्या उत्पन्न भएको नगर प्रमुख यादवले बताउनुभयो ।चैत १५ गते मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा रोशन ज्ञवालीलाई खटाएको भएपनि उहाँ अहिलेसम्म पनि नगरपालिकामा हाजिर हुन नआएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । ‘ज्ञावालीको पत्र मात्रै आएको छ, मान्छे भने आएका छैनन ।’ नगर प्रमुख यादवले भन्नुभयो ।

Leave a Reply