वीरगञ्ज,वीरगञ्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते बुधवारका दिन आयोजना हुने रामनवमी महोत्सव र शोभायात्रमा सहभागी हुन महानगरका मेयर राजेशमान सिंह र वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानुले महानगरबासीलाई सार्वजनिक अपिल गरेका छन् ।

घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भव्य शोभा यात्रा पनि निकालिदैंछ । बुधवार बिहान ७ बजे मन्दिर परिसरबाट निकालिने शोभा यात्रा तथा मन्दिर परिसरमा हुने राम जन्मोत्सवमा सहभागी हुन महानगरका मेयर सिंहले सामाजिक सञ्जालबाट सार्वजनिक आह्वान गर्नुभएको हो ।
यस्तै वडा नम्बर १० का वडा अध्यक्ष कानुले पनि मंगलवार एक अपिल जारी गर्दै शोभा यात्रासहितको राम जन्मोत्सवमा सहभागी भई भव्य रुपमा सफल पारिदिन वडाबासी तथा महानगरबासीसंग अपिल गर्नुभएको छ ।बुधवार श्रीरामजानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकी र बाजागाजासहित भव्य शोभा यात्रा निकालेर महानगर परिक्रमा गरिनेछ भने बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तनको आयोजना हुनेछ । यस्तै दउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिने र साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी प्रदर्शनपनि गरिने पूजा समितिका अगुवा प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।

त्यसैगरी चैते दशै तथा महाअष्टमी पर्वको अवसर पारेर मंगलवार देशकै प्रमुख शक्तिपिठ मध्ये एक रहेको वीरगञ्जको गहवामाईको निशान सहितको प्रथम डोली यात्रा निकालिएको छ ।गहवामाई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार शाहको नेतृत्वमा मंगलवार अपराह्न ४ बजे मन्दिर परिसरबाट डोली यात्रा शुरु भएको हो । यस अघि दिउँसो २ बजे डोलाको विधिवत् रुपमा पूजाआजा गरिएको थियो ।डोली यात्रामा वीरगञ्ज सहित बारा र पर्सा जिल्लाका हजारौँ भक्तजनहरूको सहभागिता रहेको थियो । यस्तै मंगलवार वीरगञ्जको विन्दवासिनीमाई, बाराको गढीमाई, हेटौडाको चुरीयामाई लगायतका शक्ति पीठहरूमा समेत भक्तजनको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here