निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलवार साँझ निजगढमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।पार्टी कार्यकर्ताको हत्याको विरोधमा राप्रपा निजगढले गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै मसाल जुलुस सहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा नाराबाजी गरेका थिए ।निजगढको सहिद चोकबाट सुरु भएको सो प्रदर्शन पूर्वपश्चिम राजमार्गको बुद्ध चोक परिक्रममा गरेर शहिदमा आएर कोष सभामा परिणत भएको थियो । सभामा बोल्दै राप्रपा निजगढ नगर अध्यक्ष खडकप्रसाद उप्रेतीले आफूहरुको आन्दोलन जारी रहेको र राज संस्था पुर्नवहानी नभएसम्म जारी रहने बताउनुभयो ।राप्रपाको गत हप्ता भएको काठमाण्डौं केन्द्रीत आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास लागेर मृत्यु भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको हत्याको विरोधमा कार्यकर्ताहरुले देशव्यापी प्रदर्शन गरेका छन ।

 

Leave a Reply