निजगढ,चितवनको देवघाटस्थित महेश विद्यापिठका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी महाराज निजगढको शहिद चोकमा भइरहेको श्रीमद्भागवत सप्ताहा महायज्ञमा बुधवार सहभागि हुनुहुने भएको छ ।

देवघाटस्थित सन्यास आश्रमका पिठाधिस र महेश संस्कृत गुरुकुलमका अध्यक्ष समेत रहनुभएका महाराज गिरी स्थानीय रामबहादुर भारती र सावित्री देवी भारतीको निवासमा आयोजना भइरहेको सप्ताहा महायज्ञमा अतिथिको रुपमा बिहान ११ बजे आउने कार्यक्रम रहेको जनाइएको छ ।
महायज्ञमा गिरी महाराजले करिव २ घण्टा प्रवचन गर्ने कार्यक्रम समेत रहेको भारतीका छोरा विनोदले जानकारी दिनुभयो । भारती निवासमा गत मंसिर ९ गतेदेखि हुदै आएको महायज्ञमा आचार्य श्रीपण्डित कपिल सुवेदीले कथा वाचन गर्दै आउनुभएको छ ।



















