कलैया,कलैया उपमहानगरपालिकाले १४औं नगरसभाको उद्घाटन समारोहमा सोमवार क्रिकेट र कराँतेका खेलाडीलाई सम्मान गरेको छ ।उपमहानगरपालिकाले नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्टस्का अनिलकुमार साह र अरनिको यादवलाई जनही ५१ हजारसहित सम्मान गरेको हो भने भारतमा स्वर्ण जितेर आएका कराँतेका १८ जना खेलाडी र प्रशिक्षक अनिलकुमार पाण्डेलाई जनही पाँच हजारसहित सम्मान गरेको हो ।उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका थिए । सोही अवसरमा उपमहानगरपालिका दुई जना छात्रालाई समेत सम्मान गरेको थियो । सौजन्य तस्बिर