सिमरा,जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपमा टाइब्रेकरमा ४–३ गोलअन्तरले मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब पहिलो पटक विजेता बनेको छ ।सिमरा रंगशालाको फ्लड लाइटमा सोमवार राति भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपमा विजयी भएको हो ।
जितसंगै पुसिलसले १० र ट्रफी हात पारेको छ भने उपविजेता मछिन्द्रले मै चित्त बुझाएको छ ।तोकिएको समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मच्छिन्द्रका दुई खेलाडीले रातो कार्ड पाएर बाहिरिदा पनि पुलिसले त्यसको फाईदा उठाउन नसकेपछि टाइब्रेकरबाट निर्णय लिनुपरेको थियो ।निर्धारित ९० मिनेटको खेलमा मच्छिन्द्रका उत्सब राई र मनिष डागीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन । ९ खेलाडीमा सिमित मच्छिन्द्र खेलको अतिरिक्त समयमा उल्टै प्रहरी टोलीमाथि हाबी भएको थियो ।
ट्राइब्रेबरमा पुसिसकोतर्फबाट रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राइले गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट विशाल राई, दिवाकर चौधरी र सनीष श्रेष्ठले गोल गरेका थिए । मच्छिन्द्रको तर्फबाट शौरभ लिम्बु र चन्दन दासको प्रहार पुलिसका गोल रक्षक अमित तामाचाले रोकेका थियो ।खेलको म्यान अफ दि म्याच पुलिसको अमित तामाचा भए । उनसले टाइब्रेकरमा मछिन्द्रको दुई गोल रोका थिए । खेलको उत्कृष्ट खेलाडी संजीव श्रेष्ठ (पुलिस) भए । प्लेयर अफ दि टुर्नामेन्ट मच्छिन्द्रका विमल घर्ती मगर भए । मगरले स्कुटर प्राप्त गरे ।प्रतिस्पर्धी दुबै टिम ‘ए’ डिभिजनका हुन् ।
पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।यता मछिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।



















