निजगढ,नवजनजागृति युवा क्लव सिमरा बारा निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा हरिवन युवा क्लव सर्लाहीलाई ३—१ गोल अन्तरले पराजित गर्दै नवजनजागृति सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा लिएको शुरुवाति अग्रता जोगाउन नसक्दा हरिवन प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । ९ औ मिनेटमा सन्तोष राईले गोल गर्दै हरिवनलाई शुरुवाती अग्रता दिलाएका थिए । तर ११ औ मिनेटमा नवजनजागृति युवा क्लवका प्रज्वल थापाले गोल गर्दै खेललाई बराबरिमा ल्याए ।
२१ औ मिनेटमा पुनः प्रज्वलको व्यक्तिगत दोश्रो गोलको मद्धतमा नवजनजागृतिले खेलमा अग्रता बनायो । हरिवनले खेलमा फर्किने थुप्रै प्रयास गरेपनी सफल हुन सकेन । ३२ औ मिनेटमा हरिवनले पेनाल्टी प्राप्त गर्दै खेललाई बराबरी गर्ने अवशर प्राप्त गरेका ेथियो । तर हरिवनका सुदिप मगरले सहि दिशातर्फ प्रहार गर्न नसक्दा खेलमा फर्कने अवशर गुमायो ।
४२ औं मिनेटमा हरिवनको कमजोर डिफेन्स लाईनको मौका उठाउदै नवजनजागृतिका सामुएल सुनार गोल गर्न सफल भए । सामुएलको गोलसङ्गै नवजनजागृतिले हरिवनमाथि ३—१ को जित निकालेको हो ।
खेलको म्यान अफ द म्याच नवजनजागृतिका सामुएल सुनार घोषित भए । म्यान अफ द म्याच घोषित सुनारले दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबारदेखि सेमिफाइनलका खेलहरु शुरु हुनेछन ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार नेपाल खेलकुद क्लव रौतहट र निजगढबीच प्रतिस्पर्धा हुनेछ ।