कृपा संवाददाता
बिरगंज, २६ मंसिर । बिरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एसिड प्रहारबाट पिडित मुस्कान खातुनलाई तिन लाख रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् । काठमान्डौको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गरेको छन् ।

 

 

 

बिरगंज महानगरपालिका कार्यालयद्धारा दुई लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट एक लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गरेका हुन् । मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरि अपरेशन गरेको छ । वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिना देखि किर्तीपुर बर्ण अस्पतालमा भइरहेको छ ।

 

 

 

नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाएका छन् । मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाई इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गरे ।  काठमाण्डौंमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय रहदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here