वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश समिति सदस्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त निर्वाचित हुनुभएको छ । पर्सामा रिक्त रहेको दुई जना प्रदेश सदस्यको पद पुर्तिको लागि शनिवार अबेर बिन्दबासिनी मन्दिरको सभा हलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापती निर्वाचित हुनुभएको हो ।
प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा शुरुमा १४ जना योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको वातावरण निर्माण गर्न छ जना उम्मेदवारहरुले भने आफ्नो उम्मेदवारी फिर्ता गराएका थिए । अन्तिम अवस्थासम्म कोसिस गर्दा पनि बाँकीले उम्मेदवारी फिर्ता नलिएपछि हरि पन्त, सुदिश प्रजापति, दिप राज पटेल, मुर्ली जलान र राम सुन्दर आर्य लगायत ८ जनाले आआफ्नु उम्मेदवारी कायम राखेका थिए ।

















