राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका र छिपहरमाई गाउँपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृतको गाउँपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीहरुले बिहीवार स्वागत गरेका छन ।धोबिनीमा सरुवा भएरआउनु भएका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार रौनियार र छिपहरमाईका उदयशंकर चौधरीको गाउँपालिकाका जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरुले स्वागत गरेका हुन ।पदभार ग्रहणसंगै धोबिनीका प्रमुख प्रशासकीय अधिकृत रौनियारले गाउँपालिकका जनप्रतिनिधि तथा कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रम पनि गर्नुभएको थियो ।
गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानसहित उपाध्यक्ष मञ्जुदेवी कुर्मी, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, नेपाली कांग्रस क्षेत्रीय सभापति बलिस्टर अहमद, वडा अध्यक्ष बन्धु साह, देबेन्द्रप्रसाद कुर्मी राजकिशोर पटेल, अबास मियाँ, मनाउर मियाँ, कार्यपालिका सदस्य, दिनेश कलाकार, वडा सदस्य मदन सहनी, ध्रुप साह कानु, गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्सी शाखा प्रमुख प्रदीप पटेल, इन्जिनियर रविभुषण पटेल, समाजिक शाखा प्रमुख जितेन्द्र चौहान, पशु शाखा प्रमुख केशवराज प्रसाद कुर्मी, तजेन्द्र माली, लगायतले अधिकृत रौनियारलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा अधिकृत रौनियारले कर्मचारीहरुको मुख्य दायित्व जनताको कामलाई छिटो र छरितो तरिकाले सहजताका साथ पूरा गर्नुभएको बताउदै उहाँले आफूले सो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
उहाँले गाउँपालिकाको विकास र जनताको सुविधाको लागि जनप्रतिधि र कर्मचारीको समन्वयमा सम्पन्न गर्ने पनि बताउनुभयो । ‘तपाईहरुले जसरी आज कार्यालयमा मेरो स्वागत गर्नुभएको छ, त्यसरी नै कार्यालयको काममा पनि तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ उहाँले भन्नुभयो ।त्यसैगरी छिपहरमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चौधरीले कार्यालयमा हाजिर भएर बिहीवारबाट कार्यभार सम्हाल्नुभएको छ । उहाँलाई पनि जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्तासहित उपाध्यक्ष लिलावती देबी साह, नेपाली काँग्रेसका नेता किशोरी साह, वडा अध्यक्ष कामेश्वर यादव, महेन्द्र साह कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो, मौजिलाल साह कानुलगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख शम्भु साह, शनिकुमार साह, शिक्षा शाखाका प्रमुख मुकेश चौरसिया, प्रसान्तकुमार गुप्तालगायतले अधिकृत चौधरीलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।स्वागत कार्यक्रमपछि चौधरी परिचयात्मक कार्यक्रममा पनि सरिक हुनुभएको थियो । सो अवसरमा अधिकृत चौधरीले आफ्नो पहिलो प्राथमिकता नै जनताको सेवा रहेको बताउनुभएको थियो ।



















