वीरगञ्ज,नागरिकताको विषयमा पक्राउ परेका उद्योगी निरन्जनकुमार अग्रवाल धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएसँगै झुठो विवरण पेश गरेर नागरिकता बनाएको आरोपमा पक्राउ परेका अग्रवाल रिहा भएका हुन् ।
झुटो विवरण दिई नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते प्रकरणमा १३ दिनदेखि अग्रवाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका थिए । हिरासतबाट अदालतमा मुद्दा पेश गरेको अवस्थामा धरौटीमा अदालतले छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताउनुभयो ।
अदालतले अढाइ लाख रुपैयाँ धरौटी बुझेर तारेखमा अग्रवाललाई छाडिएको प्रहरीले बताएको छ ।


















