कलैया, बाराबाट प्रहरीले ५२ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियानका क्रममा ५२ लाख २५ हजार ३ सय ७३ मूलय बराबरका भन्सार छलीका सामानहरु पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट ४७ लाख १९ हजार १२३ रुपैँया बराबरका सामान बरामद गरेको प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।
वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ८२१९ र ना ७ ख ६५६४ नम्बरको मिनी ट्रकबाट भन्सार छलीका स्पेयर्स पार्टस पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपाने बताउँछन् ।यसैगरी महोत्तरीबाट चितवनतर्फ जाँदै गरेको ग २ ख ५६३ नम्बरको मिनि ट्रकबाट २२५ बोरा १० हजार १२५ किलोग्राम प्याज ५ लाख ६ हजार २५० रुपैँयाका नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।पक्राउ परेका सामानहरुमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो । यसैबीच पर्सा प्रहरीले ५० लाख मूल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ । प्रहरीले ५० लाख १२ हजार १८० मूल्य बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ पावर हाउस चोकबाट ना।८ ख ३५४९ नम्बरको ट्रकमा लोड रहेको ४१ लाख ९३ हजार १० रुपैँया बराबरका कपडा तथा खुद्रा सामानहरू पक्राउ गरेको प्रहरीले जनायो ।
यस्तै वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट चोरी पैठारी गरी भारतबाट ल्याउदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधीहरू ८ लाख १९ हजार १७० रुपैँयाको बरामद गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जनाए ।पक्राउ परेका सामानहरुमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।


















