कलैया,बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा बुधवार आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् । गढीमाई महेन्द्र नमूना प्राविधिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा चार महिलासहित ५२ जनाले रगत दान गरेका हुन् ।
रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव, गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेशप्रसाद यादव, पवन सहनी, शशीकान्त कुशवाहा, नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिपकुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादवलगायतले रगत दान गरेका थिए ।
जनजागरण युवा क्लबको २७औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।महागढीमाई नगरपालिका र जनजागरण युवा क्लबको संयुक्त सहकार्यमा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख यादवले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै यादवले मानव जीवनसंग जोडिएको रक्त संकलन गर्ने कार्यलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले यस्तो अभियानलाई निरन्तरता दिन र यो अभियानमा जोडिन समेत सबैलाई आग्रह गर्नुभयो ।
जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा. श्रीनिवास बैठालगायत उपस्थित थिए । कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गर्नुभएको थियो ।