सिम्रौनगढ,बाराको सिम्रौनगढमा करदता शिक्षा तथा अन्तरक्रिया बिहीवार कार्यक्रम सम्पन भएको छ।उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षतामा सिम्रौनगढस्थित बारा उद्योग वाणिज्य संघको सभा कक्षमा भएको अन्तरक्रियामा कर, प्यान, प्यानको प्रकार, करको प्रकार, सहकारी ऐन, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, करकट्टी, अन्तशुल्क, अवैध मदिरा र करदाताको कर्तव्य र दायित्वको बारेमा छ्लफल भएको थियो ।करदता सेवा कार्यालय कलैयाको आयोजना तथा उद्योग वाणिज्य संघ सिम्रौनगढको समन्वयमा भएको अन्तरक्रियामा करदता सेवा कार्यालय कलैयाका प्रमुख विष्णु सिग्देल, नायब सुब्बा रमेशप्रसाद कुर्मी र बिनयकुमार राउतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सिम्रौनगढको उद्योगी, व्यापारी र स्थानीय करदताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply