कलैया,नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपा नेतृत्वको मधेस प्रदेश सरकारले मधेसमा बिकासको साटो भ्रष्टाचार मात्र गरेको बताउनुभएको छ ।उहाँले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको संरक्षणमा बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा कमसल साइकल खरिद गरेर भष्ट्राचार गरेको आरोप लगाउनुभयो ।क्षेत्र नम्बर २ को करैयामाई गाउँपालिका लौतनमा आयोजित चुनाबी सभामा बोल्दै उम्मेदवार पौडेलले यस्तो बताउनुभएको हो । उम्मेदवार पौडेलले भन्नुभयो ‘जसपाले अघिल्लो ५ बर्षसम्म प्रधेस सरकार चलायो,यस क्षेत्रबाट सांसद र विधायक पनि जसपाबाटै चुनिनुभएको थियो, उहाँले भन्नुभयो, तर क्षेत्रको मधुबन –नयाबस्ती सडक अझै पनि धुलाम्मे छ, सर्वसाधारणलाई खानेपानीको समस्या छ, क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना पनि बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति पनि उस्तै कमजोर छ ।’ उहाँले मधेस सरकार र जसपाबाट चुनिएका जनप्रतिनिधिहरु भ्रष्टाचार गर्न तल्लिन रहेको र जनताको समस्यामा कुनै चासो नदेखाएको पनि बताउनुभयो । उम्मेदवार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको पनि बताउनुभयो ।उम्मेदवार पौडेलले बिगतमा मौका पाउदा जनताको पक्षमा कुनै काम गर्न नसक्नेहरु फरि पनि उम्मेदवार बनेर आएको भन्दै जनताले अब सचेत भएर मतदान गर्नुपर्ने पनि बताउनुभयो । ‘मोरङ्ग, सुनसरी र सप्तरीमा केही काम गर्न नसकेपछि निर्वाचनमा हारेका मान्छे अहिले फेरि उम्मेदवार बनेका छन, एमाले उम्मेदवार पौडेलले भन्नुभयो, आफ्नो जिल्लाको लागि केही गर्न नसकेकाहरुले बाराको विकासको लागि काम गर्छन भनेर कल्पना पनि नगर्नुहोस ।’ उहाँले जनता समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका उपेन्द्र यादवले सप्तरीबाट चुनाव जितेर गएपछि जनताको पक्षमा काम गरेको भए शायद चुनावमा लज्जास्पद पराजय बेहोर्नु पर्ने अवस्था आउने थिएन भन्नुभयो । ‘केही काम गर्न नसकेपछि जनताले हराएका हुन, उहाँले भन्नुभयो, त्यस्ता व्यक्तिबाट बाराका जनताको पक्षमा कुनै काम होला भनेर आशा गर्नु समयको बर्वाद मात्रै हो ।’उहाँले अघिल्ला २ वटा आमनिर्वाचनमा पार्टीले उम्मेदवारी नदिएको भएपनि यसपटक एमाले चुनाव जित्ने गरी निर्वाचनमा उत्रिएको बताउनुभयो । बिगतमा सोहन चौधरीले जितेको यो क्षेत्र एमालेको बलियो किल्ला भएको उहाँको भनाइ छ । ‘यो क्षेत्रमा एमालेको जनाधार बलियो छ, उहाँले भन्नुभयो, यसपटक जनताले एमालेलाई जिताएरै छोडनेछन ।’ उहाँले मजदुर, किसान, दलित र विपन्न समुदायको बसोबास रहेको यो क्षेत्रमा एमाले पार्टी सबैभन्दा लोकप्रिय रहेको पनि बताउनुभयो ।उम्मेदवार पौडेलले साना र क्षेत्रीय पार्टीहरुले एमालेलाई हराउन नसक्ने पनि बताउनुभयो । क्षेत्रीय पार्टीहरुले सम्पूर्ण देश र जनतालाई सोचेर काम गर्न नसक्ने र एमालेलाई हराउन पनि सक्दैनन भन्नुभयो । ‘नेपाली कांग्रेश जस्तो पार्टी त एमालेसंग एक्लै चुनाब लडन डराएको छ, उहाँले भन्नुभयो, जसपा र जनमत जस्ता साना र क्षेत्रीय पार्टीका उम्मेदवारहरुले एमालेलाई हाराउन सक्दैनन ।’ उहाँले आफ्नो जित निश्चित भएकोले उत्साहका साथ चुनाव प्रचारमा लाग्न र एमालेको पक्षमा मतदान गर्न मतदातामा आग्रह गर्नुभयो ।कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले पनि जनताका काम न गरेका कारण सप्तरीमा उपेन्द्र यादबलाई जनताले नै हराएको र बारा क्षेत्र नम्बर २ का मतदाताले पराजित गरेर पठाउनुपर्ने बताउनुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य ज्वाला साहले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्दै हिडने नेता भएको स्मरण गर्दै यस क्षेत्रमा २०६४ सालमा जितेर जादा पनि कुशवाहाले कुनै काम नगरेको बताउनुभयो ।नेकपा एमालेका स्थानीय नेता प्रमोद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बलवीर चौधरी, सरस्वती चौधरी, पलट चौधरी, मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, देवनारायण चौधरी, मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।

Leave a Reply