काठमाण्डौं,जर्मनीमा गाँजाको प्रयोगलाई आंशिक रूपमा वैधानिकता दिएसँगै त्यहाँ गाँजाको प्रयोग गैरकानुनी नहुने भएको छ । तर गाँजाको प्रयोग र कारोबारको लागि भने सरकारले तोकेको नियमभित्र हुनुपर्ने बीबीसीले जनाएको छ । देशभित्रै भईरहेको गाँजाको कालोबजारी अन्त्य गर्न जर्मन सरकारले यो निर्णय गरेको खबरमा उल्लेख छ ।

नयाँ नियमअनुसार जर्मन नागरिकले अब प्रतिघर तीनवटा गाँजाका विरुवा रोप्ने अनुमति पाएका छन् । विद्यालय, खेलकुद केन्द्र वा हिँड्ने बाटोमा बिहान ७ बजेदेखि राति ८ बजेसम्म गाँजा प्रतिबन्ध लगाईएको छ ।
यस्तै आउने जुलाईदेखि बढीमा ५ सय जनासम्मको उत्पादक सङ्घ वा सामाजिक क्लब खोलेर उत्पादन तथा व्यवसायका लागि पनि अनुमति दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here