वीरगञ्ज,पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ लंगडीबाट हरिहरपुर निवासी ३० वर्षीय सुजित राउत कुर्मीलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
बंैकिङ कसूर मुद्दामा ३ दिन कैद र २५ लाख जरिवाना सजाय पाएका कुर्मी लुकिछिपी बस्दै आएको सूचनाका आधारमा खोजी गरेर पक्राउ गरिएको थापाले बताउनुभयो । उहाँकाअनुसार पक्राउ परेका कुर्मीलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।



















