नरेश गुप्ता
बरियारपुर,कृषि ज्ञान केन्द्र बाराले अनुदानमा वितरण गर्न लागेको पम्पीङ्ग सेट ट्युबवेलबाट बारामा झण्डै १ सय २५ जना कृषक बन्चित बनेका छन ।
कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय प्रदेश नम्बर २, जनकपुरबाट प्राप्त १ करोड बजेट मध्ये कृषि ज्ञान केन्द्र बाराले जम्मा ७७ लाख ८२ हजार खर्च गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । आर्थिक वर्ष ०७७÷०७८ मा कृषि ज्ञान केन्द्र बारामा झण्डै ३ सयजना कृषकले ८५% अनुदानमा पप्मीङ्ग सेटको लागि आवेदन गरेका थिए । आर्थिक वर्ष ०७७÷०७८ मा कृषि सिचाईको लागि अनुदानमा प्राप्त पम्पीङ्ग सेट ट्युबवेलको लागि समयमै कृषकसंग समझौत नभएपछि २२ लाख १८ हजार रकम त्यसै खेर गएको हो । कोरोना महामारीको कारण बताउदै केन्द्र प्रमुख यादवले कृषकसंग सम्झौता हुन सकेको र उनीहरुको खातामा रकम पुग्न नसकेको बताउनुभयो । बैशाख र जेष्ठ महिनामा पानी नपरेपछि कृषकहरूले सिचाई सुविधाको लागि पम्पीङ्ग सेट ट्युबवेलको लागि आवेदन गरेको भएपनि कृषि ज्ञान केन्द्र बाराले समयमा कृषकहरु संग सम्झौता गर्न सकेपछि किसानहरु सुविधाबाट बन्चित बनेका हुन ।