पोखरिया,उपकार सेवा नेपाल नाम सस्ंथाले पर्साको पोखरिया नगरपालिकास्थित एक विद्यालयलाई पंखा सहयोग गरेको छ ।सस्ंथाले नगरपालिकाको वडा नम्बर ६ रानीगञ्ज श्रीसियास्थित श्री महोवनी पदम माविमा पंखा वितरण गरेको हो । विद्यालयमा अध्ययनरत ६ सय ३० जना विद्यार्थीहरुका लागि ५ थान सिलिङ पंखा उपलब्ध गराइएको ।बढ्दो गर्मीमा विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पठनपाठनमा समस्या नआओस् भनेर संस्थाले पंखा वितरण गरेको बताएको छ । सस्ंथाकी अध्यक्ष विद्याकुमारी सरावगाीले विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद रौनियारलाई उक्त पंखा हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here