कृष्णउदास खनाल

वीरगन्ज,करिब दश महिनाअगाडि एक टेलजिभन च्यानलले आयोजना गरेको कार्यक्रममा वीरगन्जका कमेडिएन आदर्श मिश्रा पनि सहभागी हुनुभएको थियो । कमेडिएन भएकाले हँसाउने प्रयास थियो उहाँको तर हाँसो साथै पीडा पनि मिसिएको थियो आदर्शनको प्रस्तुतिमा । घरमा बिरामी बुवा छाडेर मुटुभरि पीडा बोकेर हँसाउन जानुभएको थियो आर्दश । सकेको जति हँसाउनु पनि भयो तर आज अरुलाई हँसाउने आर्दश आफै रुन परेको छ । त्यो पनि राज्यको गलत नीति र स्थानीय अस्पतालहरुको लापारबाहीका कारण ।

बिनोद मिश्र आर्दशकै बुवा हुनुहुन्थ्यो । उहाँ आर्दशको मात्र नभइ एक विद्यालयको इमान्दार शिक्षक पनि हुनुहुन्थ्यो । बिगत ७ वर्षदेखि मृगौला रोगले थलिनुभएका बिनोद सबैको आँखाका नानी हनुहुन्थ्यो । बिनोद मिश्रको चेला समेत रहनु भएका बाराका पत्रकार अनिल तिवारीले बिनोद मिश्र एक आर्दश शिक्षक रहेको बताउनुभएको छ । मृगौला रोगी बिनोदको उपचार हुदै गर्दा कोरोना संक्रमण भयो अनि उहाँका छोरा आर्दशले मंगलबार उपचारका लागि नियमित उपचार भइरहेको अस्पताल नेशनल मेडिकल अस्पतालमा ल्याउनुभयो तर कोरोना संक्रमण भएको भन्दै कुनै अर्को बिकल्प नदिइ नेशनल मेडिकलले फर्काइदियो । उहाँले नारायणी अस्पतालमा लानुभयो, सायद अस्पतालकी एकजना नर्स जसलाई कुनी केको हतार थियो, उनले समय भन्दा कममा नै बिनोदको डाइलासिस गराइ दिनुभयो । बिनोदको अवस्था बिग्रदै गएपछि राति नै आर्दशले बुबालाई भरतपुर लैजानुभयो तर बचाउन सक्नु भएन । आर्दशले बावु बिनोदको काजकृयामा बस्दै गरेको भिडियो सार्वजनिक गरेर अस्पतालको वास्तविक अवस्था दर्शाउनुभएको छ । बिनोदको प्रत्योरोपणको कुरा पनि भएको थियो तर नेपाली नागरिकहरु नभएका कराण सफल हुन सकेन । बर्तमान मृगौला प्रत्यारोपण सम्बन्धी नियम परिवर्तन गर्नुपर्ने कुरा अब आर्दशहरुको बेदनाले स्पष्ट पारेको छ । यसअघि सोमबार पनि एक रौतहटकी १७ बर्षीया किशोरीको पनि वीरगन्जमा उपचार नपाएर निधन भएको थियो ।

बावुको निधनपछि आर्दशले आफ्नो बावुको वीरगन्जकै नेशनल मेडिकल कलेज र नारायणी अस्पतालले हत्या गरेको बताउनुभएको छ । नेशनल मेडिकल कलेजमा ११ वटा डाइलासिस मेसिन छ तर उसले राम्रोसंग सेवा प्रवाह गर्दैन । रकम लिएर पनि सेवा राम्रो नदिनुको कारण भने कलेजका संचालक बसुरुद्दिनको प्रधानमंत्री केपी ओली सहित सबैसंग राम्रो सम्बन्ध भएकाले गुण्डा लगाएर बिरामीहरु र उसका आफन्तहरुलाई तह लगाउने गरेको आर्दशले स्पष्ट बोल्नु भएको छ । तर कलेजले आफ्नो गल्ती लुकाउदै कोभिडका बिरामीको डाइलासिस गर्ने ब्यवस्था नभएको बताउछन् । कलेजका निर्देशक डा. प्रमोद सरार्फले आफूले कोरोना संक्रमितका लागि डाइलासिस मेसिन नराखेको बताउनुभयो । जबकी ११ वटा मेसिनमा ३ वटा मेसिन उसले कोभिडका बिरामीका लागि छुट्टाउनु पर्ने सुझाव धेरैले दिएका छन् । नारायणी अस्पताल त राजनीतिक दलको भर्ती केन्द्र बनेको स्थानीयको आरोप छ । अस्पताल बिकास समितिका अध्यक्ष रहेका पुरेन्द्रकिशोर लाभले नै अस्पतालमा बिग्रिएको डाइलासिस मेसिन बनाउने मान्छे खोजी भइरहेको बताउनुभयो । जहाँ ६ वटा डाइलासिस मेसिन तर काम भने ३ वटाले मात्र गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here