वीरगञ्ज,वीरगन्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले बुधवार आफ्नो ८औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवमा सहभागी वक्ताहरुले समाजलाई फाइदा पुग्ने हिसाबले पत्रकारिता गर्नतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिएका थिए । समाज बलियो भएमा सबैको विकास हुने भएकाले अबको पत्रकारिता समाजलाई लाभ हुने पत्रकारिता गर्न आवश्यकता रहेको औल्याइएको थियो ।
वार्षिकोत्सवमा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा भएका राम्रो कामहरुको उजागर गर्न आग्रह गर्नुभएको थियो । ‘पछिल्लो समय मेरो बारेमा धेरै समाचारहरु आइरहेका छन्, नियतवस लागेर लेख्ने काम भइरहेको छ । मेरो व्यक्तिगत जीवनको बारेमा समाचारहरु आइरहन्छ, तर जे लेख्नुपर्नेहरु त्यसमा कलम चलाइदैन् । त्यसकारण महिला पत्रकारहरु अब तपाइहरु पनि लेख्ने काम अगाडि बढ्नुहोस ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवले पनि सकारात्मक पत्रकारिता गर्नतर्फ ध्यान दिन आवश्यकता रहेको बताएको थियो । यसैबीच मध्य नेपाल सन्देशले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ वीरगन्जका निलिमा पौडेललाई प्रदान गरेको छ ।मध्य नेपालले ११ हजार धनराशी बराबरको पुरस्कारले क्रियाशील पत्रकार पौडेललाई सम्मानित गरेको हो ।मध्य नेपाल सन्देश साप्ताहिका प्रधान सम्पादक कबिता खड्काको अध्यक्षता कार्यक्रम सञ्चालन भएको थियो ।


















