सिमरा,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, औराहाको अभिभावक भेला शनिवार सम्पन्न भएको छ ।
अभिभावक भेलामा विद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको अभिभावकहरुले औल्याएका हुन । कार्यक्रमका वक्ताहरुले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा समेत जोड दिएका छन ।

विद्यालयका प्रधानध्यापक रामदत्त जोसीले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा अध्यापन गर्ने शिक्षक र कार्यरत कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उद्घघोष गर्नुभएको थियो ।
प्रधानध्यापक जोसीले विद्यालयको वर्तमान अवस्था, उद्देश्य र भावि योजनाको विषयमा अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो । अभिभावक भेलामा अघिल्लो वर्षको एस.ई.ई.मा सबैभन्दा धेरै विद्यार्थी उतिर्ण गराउँन सफल लेखा विषयका शिक्षक तथा सहप्रधानध्यापक दिपकप्रसाद भट्ट, शारीरिक रुपमा अशक्त भए पनि शैक्षिक क्रियाकलापमा उत्साहजनक क्रियाशीलता जनाउदै आउनुभएका शिक्षक धनप्रसाद बजगाँई, विद्यालयमा सबैभन्दा बढी हाजिर हुने शिक्षक सुनिल चौधरी र अघिल्लो एस.ई.ई.मा बारा जिल्लाको सामुदायिक विद्यालयहरु सबैभन्दा बढी जि.पि.ए. ल्याई उतिर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।


















