निजगढ, १८ असोज– निजगढ नगरपालिकाले प्रतक्ष्य सिकाइ क्रियाकलापमा संलग्न भएका नगरभित्रका करिव १० हजार विद्यार्थीहरुको कोरोना भाइरस सुरक्षा सर्तकताको लागि २० हजार थान मास्क वितरण गरेको छ ।

नगरपालिकाले नगरका २८ सामुदायिक, ८ निजी र १ कलेजका १० हजार विद्यार्थीहरुको लागि २/२ थानका दरले  आइतबार विद्यालयका प्रधानाध्यापकहरुमार्फत कपडाकाे मास्क सहयोग गरेको हो ।

नगरप्रमुख सुरेशकुमार खनालको कार्यकक्षमा आयोजित कार्यक्रममा प्रमुख खनालसहित उपप्रमुख लिलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, शिक्षा, योजना शाखा अधिकृत पद्मराज तिमल्सिना, खेलकुद तथा युवा शाखा प्रमुख उत्तम लामिछानेले विद्यालयका प्र्रधानाध्यापकहरुलाई एक जना विद्यार्थीको लागि २ वटाको दरले कपडाको मास्क हस्तान्तरण गर्नुभएको थियो ।

 

मास्क वितरण कार्यक्र्रममा बोल्दै नगरप्रमु्ख खनालले कोरोना भाइरसको प्रकोप र अत्यन्तै प्रतिकुल अवस्थामा पनि विद्यालयमा प्रतक्ष्य सिकाइ क्रियाकलाप संचालन गर्ने निर्णय गरेको भन्दै नगरपालिकाकाले जारी गरेको प्रतक्ष्य सिकाई कार्यविधिअनुसार विद्यालय संचालन गर्न प्रधानाध्यापकहरुसंग अनुरोध गर्नुभयो ।

 

उहाँले कार्यविधिले तोकेअनुसार सुरक्षा सर्तकता अपनाउन सके सिकाइ क्रियाकलापमा संलग्न हुने बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन सकिने पनि बताउनुभयो । नगर कार्यपालिकाकाले गत शुक्रबार प्रतक्ष्य सिकाई कार्यविधि–०७७ पारित गरेपछि आइतबारबाट नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयले विद्यार्थीहरुलाई कक्षा कोठामा राखेर प्रतक्ष्य सिकाइ क्रियाकलाप संचालन गर्न थालेका छन ।

 

कार्यविधिले सिकाइ क्रियाकलापमा संलग्न हुने विद्यार्थीहरुले अनिवार्यरुपमा मास्कको प्रयोग गर्नु पर्ने  व्यवस्था गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध बनेको पठनपाठन सुचारु गर्न नगरपालिकाले प्रतक्ष्य शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न मास्क वितरण गरेको नगरपालिका उपप्रमुख लिलादेवी लामिछानेले बताउनुभयो । उहाँले कार्यविधिले व्यवस्था गरेअनुसार सुरक्षा सर्तकताको लागि मास्क वितरण गरिएको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here