राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकामा बिहीवारदेखि नौं दिने श्रीविष्णु महायज्ञ शुरु भएको छ ।नगरपालिकाको वडा नम्बर ४ पोखरियामा जेठ ४ गतेसम्म आयोजना हुने महायज्ञको पहिलो दिन बिहीवार भव्य कलशसहितको शोभा यात्रा निकालिएको छ ।महायज्ञ आयोजनास्थलबाट शुरु भएको कलशसहितको शोभायात्रा सतवरिया, पोखरिया बजार, शिवबरवा, सेमरबारी बरवा, चुरिहर्वा गाँउहुँदै नदीमा पुगी पूजापाठ गरी जल भरेर पोखरिया गाउँको परिक्रमा गर्दै पुन महयज्ञ मण्डपमा पुगेर समापन भएको थियोे ।

कलशतथा शोभायात्रामा ३ हजार १ सय ५१ जना कुमारी कन्याका साथै करिब ८ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानुले जानकारी दिनुभयो ।शोभा यात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउठाँउमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, जुस, फलफूल लगायत सामग्री वितरण गरेका थिए ।शोभायात्रामा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहान, उपमेयर रूबीकुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वरप्रसाद रौनियार, पूर्व मेयर दीपनारायण रौनियार, नेता गौरीशंकर साह तेली, नेजामुदीन समानी, आशादेवी चौहान, सकिम मियाँ लगायतको सहभागित रहेको स्थानीय सञ्चारकर्मी शैलेस गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply