कृष्ण मोहन साह

सेढवा,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ पथलहवाघाटको जङ्ग्ल किनारामा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

नजिकैको राष्ट्रिय वनबाट करिब तीन सय मिटर दक्षिण भलुवाही खोला नजिकै आइतबार ९ फिट ४ इन्च लम्बाइ भएको बाघ मृत फेला परेको हो ।

बाघको दुईवटा खुट्टा काटेर लगेको पाइएकोले तस्करहरुले मारेको हुन सक्ने डिभिजन वन कार्यालय पर्साका कर्मचारीहरुले अनुमान गरेका छन । डिभिजन वन कार्यालय पर्साका प्रवक्ता फरमान मियाँका बाघको शरीर सढेर दुर्गन्ध फैलिन थालेकोले सो बाघ केही दिनअघि नै मारिएको हुनसक्ने बताउनुभयो ।

चितवनबाट आएको प्राविधिक टोलीले पोष्टमार्टम गरेपछि सो बाघको शव सव डिभिजन वन कार्यालय बसन्तपुरमा गाढिएकोे डिभिजन वन कार्यालयका प्रवक्ता मियाँले जानकारी दिनुभयो ।

यसअघि गत महिना बाराको बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रभित्र पनि मृत अवस्थामा एउटा पाटे बाघ फेला परेको थियो ।

Leave a Reply