सिमरा,नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।
प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । जस अनुसार ईलाका प्रहरी कार्यालय सिमराका प्रदिपबहादुर क्षेत्री लुम्बिनी प्रदेश कार्यालय तुल्सीपुर दाङ्ग अपराध अनुसन्धान सहायता शाखामा सरुवा भएको छ भने सिमरामा चिरन्जीवी दाहाल आउने हुनुभएको छ ।

















