सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका ४ र १४ को सीमामा रहेको दुधौरा घाट क्षेत्रमा शनिवार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘साझा अभियान’को आयोजनामा भएको सरसफाइ कार्यक्रममा स्थानीय र नगर प्रहरीको सहभागिता रहेको थियो ।सरसफाइका क्रममा घाट आसपासमा थुप्रिएका प्लास्टिक, कपडा र अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेको नगर प्रहरी र श्रमदान गर्ने सहभागीप्रति अभियानले धन्यवाद व्यक्त गरेको छ ।साझा अभियानका अमृत बस्यालले दुधौरा घाटको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । बस्यालले घाटमा सद्गतका लागि आउनेहरूलाई फोहोरजन्य सामग्री जथाभाबी नफाल्न आग्रह गरेका छन् ।
















