वीरगन्ज,पर्सा जिल्लामा सक्रिय संक्रमतिको संख्या घटेसँगै अस्पतालहरुमा शैया खाली हुँदै गएका छन् । पर्सामा सोमबार जेठ ३१ गतेसम्म जम्मा एक सय १० जना मात्रै सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बैशाख अन्तिम साता एक हजार पाँच सय सक्रिय संक्रमित रहेकोमा एक महिनाको अवधिमा सक्रिय संक्रमितको संख्यामा उलेख्य कमी आएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिनुभयो । उहाँले नारायणी अस्पतालमा पनि पछिल्ला दिनमा पिसिआर परीक्षण गराउन आउनेहरुको संख्यामा कमी आएको जानकारी दिनुभयो । सोमबार मात्रै ८५ जनाको पिसिआर परीक्षण गर्दा पर्सामा जम्मा १० जनामा संक्रमण पुष्टि भएको थियो । ती मध्य पर्साका ७, बाराका २ तथा सर्लाहीका १ जना रहेका छन् । संक्रमित घटेसँगै अस्पतालहरुमा पनि कोभिडको चाँप पनि घटेको छ । अहिले वीरगन्जका बिभिन्न अस्पतालहरुमा जम्मा ४० जना मात्रै कोरोनाका संक्रमितहरु उपचाररत रहेको र अन्य भने होम आइसोलेनमा रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगन्जका बिभिन्न अस्पतालमा गरेर ५ सय शैयाहरु खाली नै रहेका छन् । वीरगन्जका बिभिन्न अस्पतालमा गरेर जम्मा ५ जना कोभिडका बिरामी मात्रै हाल भेन्टीलेटरमा रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।