काठमाण्डौं,नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको कार्यसमितिले निणर्य गरेका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, बारा अध्यक्ष रेशम तिवारी, सर्लाही अध्यक्ष, टंकबहादुर क्षेत्री, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, सप्तरी अध्यक्ष श्रावण देव र सिरहा अध्यक्ष मनोजकुमार बनैताले विधान अनुसार निर्णय बमोजिम शुद्धीकरण र नवीकरण तथा नयाँ सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेका छन् ।
संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता शुद्धीकरण अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले पूराना सदस्यको नविकरण तथा नयाँ सदस्यताको नामाबली सिफारिस गरेको थियो । तर जिल्ला शाखाले सिफारिस गरेको लामो समयसम्म पनि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा आधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यताको नामावली नटुंगिएसम्म आ–आफ्नो शाखामा जिल्ला अधिवेशन नगर्ने कुरा सम्बन्धीत सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं भनिएको छ । साथै विज्ञप्तिमा सदस्यताको टुंगो नलागेसम्म मुलुकभरका जिल्ला शाखा सहित प्रतिष्ठान शाखा र एशोसियट संस्थाहरुलाई समेत अधिवेशन नगर्न÷नगराउन आग्रह गर्दछौं भनिएको छ ।

Leave a Reply