बरियारपुर,राष्ट्रिय परिचयपत्र तथा पंन्जिकरण बिभाग सिंहदरबार काठमाडौका महानिर्देशक तिर्थराज भट्टराईले ३ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिइएको बताउनुभएको छ ।

बाराको कलैयास्थित होटेल करण राज पैलेसमा आयोजित समाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भुमिका विषयमा जिल्ला स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले बिभागको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन, ब्यक्तिगत घटना दर्ता ब्यवस्थापन, समाजिक सुरक्षा भत्ता जस्ता सेवालाई सहज र सरल रुपमा उपलब्ध गराउन सरकार र नागरिक समाजको भुमिका अपिहार्य रहेको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउने कार्य हाल ३३ जिल्लामा सम्पन्न भैइसकेको र १३ वटा जिल्लामा बिवरण संकलन अभियान जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी समाजिक सुरक्षा भत्ता कार्यक्रमको कार्यान्वयनको अवस्था चुनौतिपूर्ण रहेको भन्दै उहाँले सबै स्थानीय तहले बैकिङ्ग प्रणालीमार्फत भत्ता वितरण गर्ने जानकारी पनि दिनु भयो । उहाँका अनुसार गत जेष्ठ मसान्तसम्म देशभरमा जम्मा ३५ लाख ७० हजार ६१२ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही रहेका छन ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख संयोजक नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नाथु साह, सिम्रौनगढ नगर प्रमुख किशोरी साह, बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल, संरक्षण नेपाल बाराका अध्यक्ष बृजमोहन कुशवाहा, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, सुखप्रसाद चौधरीलगायतले लगायतले समाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी तुल्याउने बारेमा बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here