राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा रहेको सार्वजनिक प्रतिक्षालयको मर्मत साम्भरमा व्यापक अनियमिकता भएको आरोप लागेको छ ।सार्वजनिक प्रतिक्षालयको ढलान भएको २ हप्ता बित्न लाग्दा हालसम्म ढलानमा पानी न हालेकोले सो ढलान सुख्खा परेर चर्कन थालेको छ ।
केही दिनअघि चन्दन कंन्ट्रक्शनले पोखरिया नगरपालिकाबाट कोटेशनमा काम लिएको र सो काममा नगर स्तरीय बजेटको ३ लाखको बजेट रहेको बताइएको छ । काम सकार गर्ने ठेकेदारले कमसल काम गरी गरेको भन्दै विभिन्न संचार माध्ययममा समाचारसमेत सार्वजनिक भएको छ ।निर्माण कार्यमा मापदण्ड विपरित ईटा, गिटी, बलुवा, छड़ र सिमेनटको प्रयोग गरिएको भन्दै उक्त काम वडा नम्बर ९ का वडा अध्यक्ष नौशाद आलमले रोक्नुभएको थियोे । काम रोक्का गरी सम्झौता ता रद्द गर्न पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवले मौखिक आदेश समेत दिनुभएको थियो ।तर पोखरिया नगरपालिकामा कार्यरत प्राविधिक शाखाका कर्मचारिले हाकिमको आदेशको अटेर गरी काम सुरु गराएका हुन । चन्दन कंट्राकशन जगरनाथपुर ३ पर्साले पोखरिया नगरपालिकाभित्र केही वर्षदेखि कमसल काम गरिरहेको स्रोतले बताएको छ ।ठेकेदार कम्पनीका संचालक चन्दन पटेलले जनप्रतिनिधिलाई बिन्दवासनी गाउँपालिकाको बहुवरवाभट्ठाको अजय होटल र वीरगञ्जका होटलहरूमा लगेर भोज गर्ने र १५ प्रतिशत देखि २५ प्रतिशत कमिशन दिएर ठेक्काको काम लिने गरेको श्रोतले बताएको छ ।


















