आर.के. चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित श्री दिपनरायण आदर्श नमुना उच्च माध्यमिक विद्यालय औराहा पन्चगावामा पाँच वर्षपछि विद्यालय व्यवस्थापन समितिको चयन भएको छ ।गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्ष्यतामा भएको अभिभावकहरुको बैठकले सर्वसम्मत रुपमा चयन गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शंकर महतो थारु रहनुभएको छ ।
नौ सदस्यीय समितिको सदस्यमा रामकिशोर चौधरी थारु, गाया राउत थारु, पुनम देवी थरुनी, रिता देवी राम र वडा प्रतिनिधिमा वडा अध्यक्ष चिरञ्जीवी महतो थारु तथा शिक्षक प्रतिनिधि सुरेश दास थारु चयन हुनुभएको हो ।समितिको सचिवमा विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी र शिक्षा प्रेमीमा गोपाल महतो थारु चयन भएको प्रधानाध्यापक थारुले जानकारी दिनुभयो ।



















