पुष्पराज खतिवडा
मनहर्वा,बारा क्षत्र नं. ३ का मतदाताले पूर्व मन्त्री ज्वाला साहलाई मतदान गर्न आदुर भएको जनाएका छन् । सुकुम्बारी समस्या समाधान, युवा, विद्यार्थी, गरिव, विपन्न,कृषि क्षेत्र र महिलाहरुको समस्या समाधान पहिलो शर्त बोकेर मतदातका बीच रहनु भएकी एमाले नेता साहको पक्षमा मतदाता मत दिन आतुर भएका हुन् ।

छोटो समय प्रदेशसभा सदस्य रहेका बखत क्षेत्रको विकासमा ४५ करोड बढिको विकासका पूर्वाधार निर्माण गर्न सफल साहले यस क्षेत्रमा विकासलाई पहिलो प्राथमिकता रहने बताउँदै आउनुभएको छ ।

बारा जिल्लाकै महिलाहरुको प्रतिनिधिको रुपमा रहेर महिलाका समस्या समाधान गर्ने, कृषि र कृषि पेशालाई व्यवसायीककरण गर्ने, आधुनिक कृषि क्षेत्रमा यान्त्रीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने साहले बताउनुभएको छ । उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्ने यूवालई कृषिमा आकर्षण गर्ने जस्ता कृषि मैत्री योजना रहेको साहले बताउने गर्दै आउनुभएको छ ।

यूवाका लागि खेलकुद, महिलाका स्वास्थ्य समस्या निवारण, बार्षिक रुपमा सबै नागरिकको निःशल्क स्वास्थ्य परीक्षणको योजना बनाउने बाचा गर्दै उमेदवार साहले जनताका बीचमा रहेर जनताको सेवा गर्ने बताउँदै आउनुभएको छ ।

‘बारा क्षेत्र नं.३ लाई जिल्ला र देशकै नमूना बनाउन कुनै कसर बाँकी राख्दिन । सुकुम्बासी र विपन्नलाई जग्गा र घर दिने कार्यलाई छिटो र पहिलो प्राथमिकतामा राख्ने छु ।’ कलैयाका मतदाताको घरदैलोका क्रममा उहाँले भन्नुभएको छ ।

टँंगियाबस्तीको समस्या समाधान र तराई काठमाण्डौं दु्रतमार्ग निर्माणसंगै संचालनको वातावरण निर्माण प्राथमिकतामा रहने उहाँले बताउनु भएको छ । सहकारीलाई सरकारको सहयोगी निकायको रुपमा विकास गर्ने र जनताको जीवन स्तरमा परिवर्तन गर्ने माध्यमको रुपमा विकास गरिने र स्वास्थ्य शिक्षा र रोजगारीको क्षेत्रलाई फराकिलो र सहज बनाउन काम गर्ने साहले बाचा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here