पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिका वडा नम्बर २४ मनहर्वाका १५ वर्षका बालक निराजन चौधरीको उपचारमा आर्थिक अभावले समस्या भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारत बालक निराजनको आर्थिक अभावमा उपचारमा समस्या भएको हो । उनी लामो समयदेखि मृगौला सम्बन्धी जटिल रोग (लुपस नेफ्राइटीस्) ले पीडित हुदैआएका छन ।
बालकका पिता गणेश चौधरीले छोराको उपचारमा ५ लाख बढी रुपैँया खर्च भइसकेको र अझै १० लाख जति रुपैंया लाग्ने बताउनुभयो । हाल हप्तामा दुई पकटक बालकको हेमोडाईलासिस भइरहेको छ । हेमोडाईलासिसको लागि मात्रै हप्तामा ७ हजार खर्च हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

‘चिकित्सकले उपचार सम्भाव हुने तर खर्च भने धेरै लाग्ने बताएका छन, उहाँले भन्नुभयो, आफ्नो आर्थिक अवस्थाले धान्न नसकिने भयो, खर्च अभावमा छोराको ज्यान जोगाउन नसकिने अवस्था आयो ।’चौधरीले आजसम्म ज्यालबनी, ऋणधन गरेर छोराको उपचार गराउँदै आएको बताउदै थप उपचारका लागि सहयोग गरिदिनुहुन मिडियामार्फत सबैंसँग अनुरोध गर्नुभएको छ । अब त विरामी कुर्न र पैसा पु¥याउन अस्पताल धाउँदाधाउँदै ज्यालाबनी गरेर हातमुख जोडन पनि नपाइएको चौधरीले सुनाउनुभयो ।

‘६ जनाको परिवार, सम्पतिको नाममा एउटा सानो फुसको घर, २ कठ्ठा जमिन मात्रै हो, स्थानीय जलेन्द्र चौधरीले भन्नुभयो, गरिव परिवारले दशौं लाख खर्चेर छोराको उपचार गर्न सक्ने अवस्था छैन ।’स्थानीय विद्यालयको कक्षा १० मा अध्ययनरत निराजनको पढाइ समेत अब्बल छ । तर विरामीका कारण उनको पढाइ प्रभावित हुँदैआएकोछ ।बालक निराजनको जीवन रक्षा गर्न मनकारीहरुका लागि बालकका बाबु गणेश चौधरीको एनआईसि एसियाको जीतपुर शाखामा रहेको खाता नम्बर ५८३३९८४७९०६५२४०१ आर्थिक सहयोग उपलब्ध गराउँन पनि परिवारले अनुरोध गरेको छ । थप जानकारीका लागि आफ्नो फोन नम्बर ९८०७२५६८७७ मा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Leave a Reply