निजगढ,स्थानीयको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ५ र ६ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।साथी नेपालको आयोजना तथा काठमाडौंको वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोग एंवम सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सयभन्दा बढी महिला÷पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो ।

वडा कार्यालयको सहकार्यमा भएको सो शिविरमा स्त्री रोग विशेषज्ञ डा. आषिश बस्नेतसहितको टोलीले पहिलो दिन मंगलवार वडा नम्बर ५ मा ४ सय ७५ र दोस्रो दिन बुधवार वडा नम्बर ६ मा ४ सय २५ जना महिलाको स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो ।शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो । पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताउनुभयो ।
महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न शिविरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संविधान सभाका सदस्य एवंम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्धाटन गर्नुभएको थियो ।

Leave a Reply